१३ बैशाख २०७८, सोमबार

साहित्यकार माया घर्तीका तीन उत्कृष्ट गजल !

               गजल
गोर्खाली त्यो खाडीको जवानलाई सम्झ
मुलुकको विकास गर्ने मुहानलाई सम्झ

विश्वका शान्ति दुत यही जन्मेर मात्र के भो ?
साँच्चै गौतम बुद्वको ज्ञानलाई सम्झ

देश बनाउने भन्दै विदेश गएका युवाहरु
स्वदेशको इतिहास र पहिचानलाई सम्झ

आऊ अब त फर्केर बुढी आमाको काखमा
दशै तिहार,ल्होसार अनि रमजानलाई सम्झ,

सत्तीले सरापु त दन्ते कथा थियो
देशको बर्तमान र भविष्यलाई सम्झ

  गजल

उनकै हुन्छ सपना साकार मलाई यस्तै लाग्छ
ठुलै घर नेताको हुन्छ मलाई यस्तै लाग्छ

वास्तवमै चाहिने भनेको आफ्नो परिवार हो मित्र,
बेकार हुन हेलो र हाइ मलाई यस्तै लाग्छ

बाटोमा धर्ना बसि लाठी खाने बिद्यार्थी हुन्,
जस पार्टीको नेताले खान्छ मलाई यस्तै लाग्छ ।

वास्तवमा चाहिने भनेकै आफ्नो स्वदेश हो
बेकार हुन युरोप कतार मलाई यस्तै लाग्छ

जन्म मुत्यु त प्रकृतिको नियम नै हो मित्र
मरेर पनि नाम कमाउछु मलाई यस्तै लाग्छ

     गजल
साँच्चै आज मेरो देश लडेको देखे
साँच्चै आज मेरो देश बढेको देखे

इतिहास रचेका पुर्खाहरुलाई मेरो सलाम ,
वीरहरुको रगत र पसिनालाई चुहिएको देखे

कुर्सी देख्दै र्याल चुहाउने ती मानव भन्ने प्राणी
बलभद्र ,पुथ्वी नारायणको त्याग त्यसै सडेको देखे ।

आजलाई भोली र भोलीलाई पर्सि भनी थाती राख्नेहरु,
भ्रष्टहरु उकाली हैन ओरालीतिर झरेको देखे

बिश्वब्यापी कोरोना कोभिड १९ ले बिश्व हल्लाउँदै गर्दा

बेरोजगारी नेपाली युवाहरुको गाँस गुमेको देखे

कलम त्यसै बलियो भएको कहाँ होर सरकार तरबार भन्दा,
साहित्यको रसले गर्दा जहिले पनि गजललाई चुमेको देखे