प्रकाश सपुतको ‘मेरोपनि होइन र यो देश’ सार्वजनिक (भिडियो सहित)


जाजरकोट ः चर्चित गायक प्रकाश सपुतले तयार गरेको गीत ‘मेरो पनि हैन र यो देश’ शुक्रबारदेखि बजारमा आएको छ । सपुतको आफ्नै युट्युव च्यानलमार्फत शुक्रबार साँझ बजारमा ल्याइएको गीत पछिल्लो १९ घण्टामा ६ लाख बढी दर्शकले हेरिसकेका छन ्।

गीत युट्युव ट्रेडिङको दुई नम्बरमा छ। ‘हाम्लाई के नै सुख छर…सक्नेले गर…नसक्ने पर…तर…मेरो पनि हैन र यो देश मेरो पनि होइन र’ थेगो रहेको गीतमा राष्ट्रीय भावना झल्किन्छ। गीतका टुक्काहरुमा आम नागरिकका गुनासो समेटिएका छन् ।
यसको म्युजिक ऐरेज्मेन्टमा देशको सांस्कृतिक विविधतालाई समेट्ने प्रयास गरिएको छ। गीत प्रकाश सपुतको शव्द, संगीतमा तयार भएको हो। गीतको म्युजिक भिडियो निर्देशनसमेत सपुत आफैले गरेका हुन्। बोलमाँया, गलवन्दी, बदला, बरिलै लगायतका चर्चित गीत निकालेका सपुतको नयाँ गीतले पनि निकै चर्चा बटुल्ने अनुमान गरिएको छ। प्रस्तुतीमा बजारमा आएको यो गीतले पनि सफलता पाउने अपेक्षा गरिएको छ ।

हेेर्नुहाेस भिडियाे 

तपाईको प्रतिक्रिया