१२ बैशाख २०७८, आईतवार

बराबरीमा रोकियो रियल

 

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ ।

 

शनिबार राति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियलले बेटिससँग अंक बाड्नु परेको हो । यस बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ । रियलले ३३ खेलमा ७१ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ७३ अंक रहेको छ  .। बेटिस ५० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

 

अर्को खेलमा भ्यालेन्सियाले डिपोर्टिभो अल्भेससँग १-१ गोलको बराबरी खेलेको छ ।

 

त्यस्तै इल्चेले लेभान्टेलाई १-० ले हराएको छ ।