१२ बैशाख २०७८, आईतवार

डढेंलोले उजाड बनेको जाजरकोटको वन (फोटो फिचर)

No description available.
जाजरकोट : बसन्त ऋतुको आगमनसँगै नयाँ पालुवा फेरिएर वन जंगलमा हरियालीले छाउने बेला जाजरकोटका वनजंगल यो वर्ष डढेंलोले उजाड बनेका छन् । पालुवा फेरिन नपाउँदै जिल्लाका अधिकांश वनक्षेत्र डढेंलोले उजाड र उराठ बनाएको छ ।

No description available.

आगलागीका कारण छेडागाड नगरपालिकामा १२ वटा, शिवालय गाउँपालिकामा ९ वटा, जुनीचाँदे गाउँपालिकामा ५ वटा, कुशे गाउँपालिकामा १ वटा, भेरी नगरपालिकामा ३, बारेकोट गाउँपालिकामा ३ वटा र नलगाड नगरपालिकामा ५ वटा सामुदायिक वन तथा तीन वटा राष्ट्रिय वनमा आगलागी भएको छ । लामो खडेरीसँगै सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।

No description available.

No description available.