पत्रकार केवी दर्शन सहित अन्य व्यक्तित्व सम्मानित, जाजरकोटमा सूर्यकिरण युवा विकास केन्द्रको दोस्रो वार्षिक उत्सव सम्पन्न


जाजरकोट — सूर्यकिरण युवा विकास केन्द्र जाजरकोटले दोस्रो वार्षिक उत्सवको अवसरमा विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको छ। कार्यक्रममा पत्रकार केवी दर्शन सहित अन्य सामाजिक, व्यवसायिक तथा खेलकुद क्षेत्रका व्यक्तिहरूलाई अवार्ड प्रदान गरिएको हो।

सम्मानित हुनेहरूमा भलिबल खेलाडी कामना विष्ट, युवा कृषक उमेश केसी, युवा व्यवसायी मोहन खड्का, गोकर्ण चन्द, दुर्यधन बोहरा, कन्टेन्ट क्रिएटर सुरेन्द्र सुमन, गणेश सिंह, युवा व्यवसायी धिरेन्द्र पुन, छेडागाड–७ का वडाध्यक्ष वीरबहादुर रोकाय लगायत रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य खड्क विसीले सम्मानित व्यक्तित्वहरूको योगदानको उच्च प्रशंसा गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने बताए।

केन्द्रका अध्यक्ष राजीव शाहले युवामा रोजगारी सिर्जना गर्ने खालका कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्कीगाउँमा उद्घाटन सत्रबाट सुरु भएको कार्यक्रमअन्तर्गत भोलिदेखि भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा ११ टोलीको सहभागिता रहनेछ।

तपाईको प्रतिक्रिया