
जाजरकोट । सेभ द चिल्ड्रेनद्वारा कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा सञ्चालित कार्यक्रमअन्तर्गतका साझेदार संस्थाहरूको मूल्यांकनमा जाजरकाेटकाे पाँचतारा युवा संरक्षक मञ्च प्रथम स्थान हासिल गर्न सफल भएको छ।
बालअधिकार संरक्षण, युवाको सशक्तीकरण तथा समुदायस्तरमा प्रभावकारी कार्यक्रम कार्यान्वयनमार्फत उल्लेखनीय उपलब्धि हासिल गरेपछि मञ्चले उक्त सम्मान प्राप्त गरेको हो।

यस अवसरमा पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्तले खुशी व्यक्त गर्दै भन्नुभयो, “सेभ द चिल्ड्रेनका कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका साझेदार संस्थाहरू मध्ये पाँचतारा युवा संरक्षक मञ्च प्रथम स्थान प्राप्त गर्न सफल भएकोमा हामी अत्यन्त गर्वान्वित छौँ।
यस कार्यमा मेहनत गर्नुहुने सम्पूर्ण पदाधिकारी तथा कर्मचारीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। साथै, निरन्तर सहयोग, सल्लाह तथा मार्गदर्शन प्रदान गर्नुहुने Save the Children परिवार प्रति आभार व्यक्त गर्दछौँ।”
उहाँले यो सफलताले संस्थाको जिम्मेवारी थप बढाएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी रूपमा बालअधिकार तथा समुदाय विकासका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीय स्तरमा दीर्घकालीन प्रभाव पार्ने कार्यक्रम सञ्चालन गर्दै आएको पाँचतारा युवा संरक्षक मञ्चले यस उपलब्धिलाई संस्थागत सशक्तीकरण र साझेदारीको सफल उदाहरणका रूपमा लिएको जनाएको छ।
















































हाम्रो पहुँच संवाददाता । २५ पुष २०८२, शुक्रबार