रमाइलो मेला सञ्चालन हुने : भलिवलको प्रथम पुरस्कार तीन लाख १५३ रुपैयाँ


जाजरकोट । खलंगामा आयोजना हुने “रमाइलो मेला – जाजरकोट दरबार कप २०८२” भलिबल प्रतियोगिताको तयारी तीव्र रूपमा अगाडि बढेको छ । खेलकुदमार्फत स्थानीय युवालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त प्रतियोगितामा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा सहभागी टिमहरूमध्ये प्रथम हुने टिमले रु ३,००,१५३, दोस्रोले रु २,००,१५३ र तेस्रोले रु १,००,१५३ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि प्रवेश शुल्क रु १०,००० तोकिएको छ ।

प्रतियोगिताका क्रममा उत्कृष्ट खेलाडीहरूलाई थप व्यक्तिगत पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ । जसअन्तर्गत प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु १०,०००, प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु १,५००, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट क्विक, मिडियम ब्लकर र राइजिङ स्टारलाई जनही रु ३,००० प्रदान गरिनेछ । साथै बेस्ट लिबेरो र बेस्ट म्यानेजरलाई आकर्षक उपहार दिइने व्यवस्था गरिएको छ ।

आयोजकले जिल्लाभित्र तथा बाहिरका भलिबल टिमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको माध्यमबाट आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावना विकास गर्न आग्रह गरेको छ ।

No description available.

तपाईको प्रतिक्रिया