भेरी–०४ रानागाउँ नजिक जंगलमा जंगली घोरल मृत फेला

जाजरकोट  । जाजरकोटको भेरी नगरपालिका–०४ रानागाउँ नजिकैको जंगलमा जंगली घोरल फलामे पासोमा परेर मृत अवस्थामा फेला परेको छ।

मृत घोरलको पशु अस्पताल तथा पशु सेवा कार्यालयमा पोस्टमार्टम गरी डिभिजन वन कार्यालय परिसर नजिकै गाडिएको छ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख दिपेश केसीले जानकारी दिनुभयो। घोरल गाड्ने कार्य भेरी नगरपालिका–३ का वडाध्यक्ष लिला बहादुर शाह, प्रहरी, पत्रकार तथा सामुदायिक वनका प्रतिनिधिहरूको रोहवरमा गरिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया