यी हुन् नेपाली काँग्रेस जाजरकोटले सिफारिस गरेका पाँच उम्मेदवार


खलंगा । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि नेपाली काँग्रेस जाजरकोटले पाँच जनाको नाम सिफारिस गरेको छ । विहीबार खलंगामा बसेको पार्टीको बैठकले प्रत्यक्षतर्फ महेन्द्र बहादुर शाह, खड्क बहादुर बुढा, मुक्ति प्रसाद आचार्य, मैना कार्की र रामजंग शाहको नाम सिफारिस गरेको नेपाली काँग्रेस जाजरकोटका प्रवक्ता छवि पन्तले जानकारी दिए ।

पन्तका अनुसार समानुपातिकतर्फ रामछाया शाही, हजारी नेपाली बादी,भुमिलाल रोकाय, जनक बादी र बिष्णु गिरीको नाम सिफारिस गरिएको छ । यस्तै, राष्ट्रिय सभा सदस्यका लागि दिपकजंग शाह, खम्बजंग शाह र गीता नेपालीको नाम सिफारिस गरिएको छ ।

तपाईको प्रतिक्रिया