छाेरा बचाइदिन बाआमाको हारगुहार

आर्थिक अभावले रोकियो अप्रेशन, मलाई बचाईदिनुहोस्

भेरी नगरपालिका–२ राङसीका प्रेमजंग शाह गत असोज ८ गते सडकको पर्खालबाट लडेर गम्भीर घाइते भए। लडेको केही क्षणमै एक्कासी बेहोस भएपछि रातारात नेपालगञ्जस्थित भेरी अस्पताल पुर्याइयो। डाक्टरले प्रारम्भिक उपचार त गरे, तर थप उपचारमा ठूलो खर्च लाग्ने भएकाले घर फर्काउनुपर्यो।
गाउँले चन्दा–संकलन गरेर जुटाएको झन्डै पाँच लाख रुपैयाँ खर्च भइसकेको छ। तर प्रेमजंगको स्वास्थ्यमा अपेक्षित सुधार आएको छैन। अहिले उनले ओछ्यानबाट उठ्न पनि सक्दैनन्। ओछ्यानमै दिसापिसाब गरिरहेको अवस्था छ।
७० वर्ष नाघेका उनका बुबा–आमा एक्लो छोरालाई बचाउन दिनरात रोइरहेका छन्। साहारा बन्छन् भनेर जसलाई जीवनभर आशा गरेका ती वयस्क अभिभावक अहिले उल्टै छोराको हेरचाह गर्दै असहाय बनेका छन्।
📢 अत्यन्त विनम्र अनुरोध:
देश–विदेशमा रहनुहुने सबै आदरणीय सहयोगी मनहरुलाई—
प्रेमजंग शाहको उपचारका लागि सक्दो सहयोग गरिदिनुहोस्।
साना–ठूला जुनसुकै सहयोगले पनि उनको जीवन बचाउन ठूलो आशा जन्माउन सक्छ।
👉 जीवन जोगाउन तपाईँको एक प्रयास अमूल्य बन्न सक्छ।
कृपया यस अपिललाई सकेसम्म धेरै शेयर गरिदिनुहोला।
सहयोगका लागि सम्पर्क तथा विवरण:
सहयोगका लागि बुवाको खाता नम्बर
खातावालाको नाम : रुद्रबहादुर शाह
खाता नं. : ०२००१८००६९८९२४०००००१
बैंक नाम ज्योति विकास बैंक, जाजरकोट
तपाईको प्रतिक्रिया