
यतिवेला देश निकै विशिष्ट र अप्ठेरो परिस्थितिमा अल्झिएको छ । नेपाली जनताले ठुलो त्याग र वलिदान गरेर ल्याएको गणतन्त्र र जनताकै रगतले लेखिएको संविधान माथि थरी थरीका प्रश्न र सवालहरु उठिरहेका छन् ।
अहिलेको यो व्यवस्था र संविधान दुवै कसैको कृपा र निगाहवाट प्राप्त भएका होइनन् ।जनताको धेरै ठुलो वलिदान र संघर्षवाट प्राप्त भएका हुन् भन्ने कुरा सवैलाइ जानकारी छ । भदौ २३ गतेको जेनजी प्रदर्शन तथा सरकारी दमन र भदौ २४ गतेको युवा आक्रोसपछि उत्पन्न जटिल परिस्थितिका कारण हाम्रो माझमा धेरै सवालहरु शसक्त रुपमा उठेका छन् ।
भ्रष्टाचार, घुसखोरी, अराजकता र दण्डहिनताको पराकाष्टा वढेर जनतामा निरासा आक्रोस र पिडा वढेपछि मात्र भदौ २३ को जेनजी विद्रो भएको हो । यो जेनजी विद्रो लोकतन्त्र र वर्तमान संविधानको विरुद्धमा नभइ भ्रष्टाचारी घुसखोर, असक्षम अनि अकर्मण्य नेतृत्वका विरुद्ध हो । जेनजी आन्दोलन लोकतन्त्र वचाउनकै लागि हो तर केहि कुतत्व र षडयन्त्रकारीहरुले यसलाइ दुरुपयोग गरेर गणतन्त्र र संविधान माथि आक्रमण गर्ने दुस्साहस मात्र गरे ।
लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुन्छ भन्ने कुरा स्पष्ट रुपमा वुझेको युवा पुस्ता खास गरि जेनजी पुस्तालाइ प्रयोग गरेर लोकतन्त्र र संविधान माथि नै ठुलै प्रहार र घात गर्न खोज्ने तत्वहरु यति वेला जिल्लाराम परेका छन् । जेनजीकै सुझवुझपुर्ण निर्णय र कदमले ती कुतत्वको कुत्सीत योजना र षडयन्त्र सफल हुन सकेन । जेनजी आन्दोलनको काँधमाथि वन्दुक राखेर गणतन्त्रलाइ प्रहार गर्न उद्दत पक्ष अहिले शिथिल भएको छ । जेनजीको ढाडमा टेकेर संविधानमै हान्ने पुनरुत्थानवादी र सामन्तका पुजारुहरुको प्रयास पनि असफल भएको छ ।
यसको मुख्य कारण भनेकै अहिलेको व्यवस्था र संविधान दुवैको पृष्ठभुमि जनताको मत र वलिदान हो । जेनजी आन्दोलन नेपाली जनताको मत र वलिदानका विरुद्ध होइन भन्ने कुरामा हामी कोहि पनि दोधारमा पर्नु हुदैन । तर यति भन्दै गर्दा गणतन्त्रका सन्चालकहरुले गतिलो काम गरेका छन् । उनीहरु पुरै ठीक भन्न खोजेको हैन ।
आजको यो विषम परिस्थितिको मुख्य दोष र जिम्मेवारी प्रमुख दल र तिनको नेतृत्वले लिनै पर्छ । दल र दलीय नेतृृत्वको अर्कमण्यताको कारण नै जेनजी आन्दोलन जन्मिएको हो । दोष गणतन्त्र र संविधानको होइन यी दलका नेता र यिनको कार्यशैली अनि व्यवहारको हो । दोष राजा फालेर राजै वन्न खोज्नेहरुको हो ।
युवा पुस्तालाइ यहि देशमा गतिलो भविष्य नदिने, युवा पुस्ताको माग र आवस्यकता अनुसार लोकतन्त्रलाइ चलाउन नसक्ने पुरानो नेतृत्व र तिनको परम्परागत नेतृत्वशैलीका कारण नयाँ पुस्तामा वढ्दै गएको निरासा र आक्रोसको प्रतिफल हो जेनजी आन्दोलन । जेनजी पुस्ताका युवाहरुले उठाएको माग यहि लोकतन्त्रको हित र उन्नतिका लागि छ ।
हाम्रो लोकतन्त्र र संविधानलाइ कुनै पनि कुतत्वले विगार्न नसकोस भनेर नै युवाहरुले भ्रष्टाचारीलाइ कारवाहि गर्ने र युवा पुस्तालाइ रोजगारी र प्रविधिको प्रयोगमा स्वतन्त्रता प्रदान गर्ने कुरा उठाएका हुन् । उनीहरुको मत, आन्दोलन र एजेन्डा यहि व्यवस्था र संविधानलाइ मजवुत पार्ने गरि व्यक्त भएका छन् ।
जेनजीको आन्दोलनलाइ माध्यम र अस्त्र वनाएर सिंहदारवार र सर्वोच्च अदालत लगाएतका राष्ट्रिय सम्पदाहरुमा आगो लगाउने, वैैंक लुट्ने, भाटभटेनी लगाएतका स्थानमा आगो लगाउने र देशलाइ विध्वंस र विनास तर्फ लिएर आफनो स्वार्थ पुरा गर्ने केहि दलाल, जनविरोधी र लोकतन्त्रका विरोधीहरुले ठुलै षडयन्त्र गरेको देखिन्छ ।
यसमा युवा पुस्ताको होस भन्दा जोसलाइ मात्र देश जलाउने काममा लगाउने त्यो पक्ष र तत्व योजनावद्ध ढंगले लागेको देखिन्छ । तर नेपाली युवाहरुले यो राष्ट्र, लोकतन्त्र र यो संविधानका विरुद्ध त्यसरी प्रयोग हुन्छन भन्ने मलाइ विस्वास लाग्दैन । कसैले यस्तो सोचेको छ भने त्यो उनीहरुको दिवास्वप्ना मात्र हो । जेनजी पुस्ताका युवाहरु यो राष्ट्र र लोकतन्त्र प्रति चिन्तित भएकै कारण इमानदार भएकै कारण लोकतन्त्रका धमिराहरुका विरुद्ध उर्लिएका हुन । यो समयको वलियो माग पनि हो ।
भदौ २४ गते पछि उत्पन्न विशेष परिस्थिति र संसद विघटन गर्ने सम्मको अवस्था र त्यसको सहि व्यवस्थापनका सन्दर्भमा आएका सवाल र एजेन्डाहरुको वुद्धिमानीपुर्वक व्यवस्थापन गर्नेु पर्ने कुरा सवैको जिम्मेवारी भित्र छ ।
एक पटक देशको नेतृत्व युवाको हातमा सुम्पने कुरा, पटक पटक नेतृत्वमा पुगेर पनि देश र जनतालाइ सन्तुष्ट पार्न नसकेको दोषको जिम्मेवारी पुरानो नेतृत्वले लिने कुरा, भ्रष्टाचारमा देशलाइ फसाएर लोकतन्त्रलाइ वदनाम गर्नेहरुलाइ कारवाहि गरेर तह लगाउने कुरा, प्रत्यक्ष निर्वाचन मार्फत प्रधानमन्त्री चुन्ने कुरा, नेपाली जनताको आवस्यकता अनुसार यहि संविधानमा केहि संशोधन गरेर राजनैतिक संकट समाधानको पहल गर्ने कुरासंग सम्वन्धित एजेन्डा र प्रसंग कुनै पनि सन्दर्भ र सर्तमा गलत छैनन् ।
जसरी संविधान संशोधन मार्फत शासकीय स्वरुपमा परिवर्तन गर्नु पर्छ भन्ने कुरा उठेको छ यसलाइ प्रमुख दलका मात्र होइन अन्य दलका नेतृत्वले गम्भीरताका साथ लिनै पर्छ । यसका लागि हरेक दलभित्र युवा विद्रोह र जवरजस्त हस्तक्षेप अति जरुरी छ । पटक पटक सत्ता र शक्तिको पहुचमा गएर पनि जनता र देशलाइ वर्वादीतिर लिएको नेतृत्वले अव पनि आफुलाइ व्याक गर्न नसक्ने हो भने यिनीहरुको राजनैतिक जीवन मात्रै हैन यो संविधान र लोकतन्त्र नै धरापमा पर्ने निस्चित छ ।
पुरानो नेतृत्वको वालहठ र अटेरी स्वभाव निरन्तर रहने र आफुहरुकै कारण यो विषम परिस्थिति आएको हो भन्ने हेक्का समेत नराख्ने हो भने यसले पुरानो नेतृत्वको पहिचान र अस्तित्व मात्रै नभएर आउने पुस्तालाइ समेत निकै ठुलो खाडलमा धकेल्ने निस्चित छ । संविधान संशोनको एजेन्डालाइ सहर्ष स्वीकार गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री या राष्ट्रपतिको व्यवस्थामा जान पनि अव ढिलो गर्नु हुदैन । नेपालको राजनैतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रावधान संविधानमा राख्नै पर्छ ।
नेपालको आत्मनिर्भरता र आर्थिक विकासमा देखिएका मुख्य चुनौतिहरु राजनैतिक अस्थिरता, भ्रष्टाचार, समुद्रसंगको विच्छेदको अवस्था, न्युन कृषिजन्य उत्पादन, रेमिट्यान्स माथिको निर्भरता, औधोगिकरण र विविधिकरणको अभाव, जलवायु परिवर्तनको असर र विकासका पुर्वाधारहरुको अप्रयाप्तता मध्य जेनजी पुस्ताले उठाएको भ्रष्टाचारको अन्त्य र राजनैतिक स्थायित्व मार्फत समृद्ध राष्ट्र निर्माणको मार्ग खोल्ने एजेन्डा सवै नेपालीको साझा एजेन्डा पनि हो ।
यस्तै अनुत्पादक प्रदेश संरचनाको खारेजीको एजेन्डावारे पनि वहस गर्न आवस्यक देखिन्छ । नेपाली जनताको चहाना र मतलाइ उचित रुपमा सम्मान र सम्वोधन गर्ने गरि दलहरु तयार भएर जेनजीको एजेन्डामा एकाकार हुदै लोकतन्त्र र संविधानका विरोधीहरुलाइ गतिलो झापड दिने वेला हो यो ।
दल भित्रका युवाहरुले अव दल भित्र र वाहिर दुवै फोरममा विद्रोह गर्न आवस्यक छ । जेनजी पुस्ताका युवाहरुले उठाएका माग र एजेन्डामा दलहरु सहमत भएर केहि नयाँपन सहित निरासामा परेका जनतालाइ आस्वस्त पार्न ढिलो गर्न हुदैन । विस्वका महाशक्ति राष्ट्रहरुले पनि आफनो देश र जनताको आवस्यकता अनुसार संविधानमा आवस्यक संशोधन गरेका छन् । त्यस मार्फत जनताका माग र आवस्यकतालाइ सम्वोधन गर्दै आफुलाइ समृद्ध राष्ट्र वनाउन सफल भएका छन् ।
हाम्रो सवै भन्दा नजिककको देश भारतले १९४९ सालमा वनेको संविधानलाइ हाल सम्म १०६ पटक संशोधन गरेको छ । १५ अगस्त १९४७ मा अंग्रेजवाट स्वतन्त्र भएको भारतले त्यसको दुइ वर्ष पछि जारी गरेको संविधान देशको आवस्यकता अनुसार संशोधनमा कन्जुस्याइ गरेको छैन । यस्तै चिनले १९८२ सालमा वनेको दोस्रो संविधान ५ पटक संशोधन गरेको छ ।
यस्तै अमेरीकाले १७८९मा वनेको संविधान २७ पटक संशोधन गरेको छ । यस्तै १९६५ सालमा वनेको सिंगापुरको संविधान हाल सम्म ४० पटक संशोधन भएको छ भने हामीले २०७२ सालमा वनाएको संविधान हाल सम्म २ पटक मात्र संशोधन भएको छ ।
अव संविधानका केहि आवस्यकीय र कम्जोर पक्षलाइ संशोधन गरेर जनताको ठुलो वलिदानवाट प्राप्त उपलव्धीलाइ अझै वलियो र सुरक्षित वनाउन सकिन्छ भने हामी पनि तयार हुनै पर्छ । संविधान संशोधनले लोकतन्त्र गणतन्त्र र संविधानलाइ कम्जोर वनाउने भन्दा पनि अझ मजवुत र सुन्दर वनाउछ । जेनजीले उठाएको संविधान संशोधनको मुद्धामा अड्किनु पर्ने, अलमल गर्नु पर्ने अनि डराउनु पर्ने कुनै कारण नै छैन । आज यो देशमा लोकतान्त्रिक गणतन्त्र छ, जनताको हातले लेखिएको संविधान छ तर पनि विकास समृद्धि सुशासन र परिवर्तनको सवालमा निकै निरासाजनक नतिजा छ ।
यसको एउटै कारण हो देश र समयले गतिलो नेतृत्व पाएन अनि दुरदर्शि नेता पाएन । यो राष्ट्र र जनताप्रति समर्पित नेता पाएन ।
१५ अगस्त १९४७मा अंग्रेजवाट स्वतन्त्र भएको भारतले जहारलाल नेरु पायो, शुभाषचन्द्र वोस पायो , १ अक्टोवर १९४९मा स्वतन्त्र भएको चीनले माओत्सेतुंग पायो, ९ अगस्त १९६५ मा मलेलियावाट छुटिएको सिंगापुरले ली क्वान यु पायो , २ जुलाइ १७७६मा वेलायतवाट स्वतन्त्र भएको अमेरीकाले जर्जवासिंगटन र अव्राहम लिंकन पायो तर नेपालले त्यस्तो नेता पाएन ।
विपी कोइराला, मदन भन्डारी, पुष्पलाल जस्ता नेता पाएर पनि देश उनीहरुको हातमा ५ वर्ष पनि जान पाएन ।अव पनि यो अप्ठेरो समय र परिस्थितिले सिकाएको पाठ वुझ्न सकिएन भने विनास कालमा राम राम भन्न वाहेक अरु केहि वाँकी रहने देखिदैन । यो कुरा खास गरि काँग्रेस एमाले र माओवादकिो मुल नेतृत्व र तिनका सल्लाहकारहरुले वुझ्न जरुरी छ यसका लागि ती दलभित्रको युवा विदेह शसक्त हुन पर्छ । युवाहरुको विद्रोह र हस्तक्षेप विना गतिलो परिवर्तन सम्भव पनि देखिदैन ।
धन्यवाद ।
लेखक के.सी. जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ ।
















































–जनक के.सी. । ४ आश्विन २०८२, शनिबार