
युवाको मृत्यु कसैलाई व्यापार भएको छ
घाम अस्ताउने बेलामा प्यार भएको छ
यहाँ अपवाद रहेछ देशमा शान्ति पाउन
राजनीतिमा गरेको लगानी बेकार भएको छ
देश बनाउन सयाैं बर्ष लाग्यो गुनासो थिएन
चुनाव हुने भयो भन्दा नेतालाई हतार भएको छ
हिड्छन बलात्कारी हत्यारा खुलेआम यो देशमा
कानून भन्ने त देशमा धन्दाको व्यापार भएको छ
यूवाले छातिमा गोली खाएको देख्दैन सरकारले
नेतालाई पेट दुखेको पनि समाचार भएको छ .
















































प्रेम वली ( लेखक सामाजिक, राजनीतिक तथा समसामयिक विषयमा कलम चलाउछन् ।) । ३१ भाद्र २०८२, मंगलवार