
जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटको प्राङगणमा आज “समुदाय–प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्री प्रमुख अतिथि रहनु भएको थियो भने भेरी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष बसन्त प्रसाद शर्मा र जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेन्द्र बहादुर शाही विशिष्ट अतिथि रहनुभएको थियो ।
स्थानिय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, उद्योग वाणिज्य संघ, पत्रकार, युवा क्लवका प्रतिनिधि लगायत करिब ६५ जना सहभागी उपस्थित रहेका थिए ।

कार्यक्रममा सहभागीहरुले ग्रामीण क्षेत्रमा नियमित गस्ती तथा पट्रोलिङ हुनुपर्ने, अपराध नियन्त्रणका लागि समस्याको पहिचान र प्रहरी–जनता बीच अन्तरक्रिया बढाउनुपर्ने, पारदर्शी तथा छिटोछरितो सेवा प्रवाह गर्नुपर्ने, लागुऔषध नियन्त्रण, बालविवाह रोकथाम, सवारी आवागमन चेकजाँच, विपद व्यवस्थापन तथा उद्धारको पूर्वतयारी जस्ता विषयमा सुझाव दिएका थिए ।

सुझावहरुलाई सम्बोधन गर्दै प्रहरी नायव उपरीक्षक शर्मा, जिल्ला समन्वय समितिका प्रमुख खत्री, वडा अध्यक्ष शर्मा र निमित्त प्रमुख जिल्ला अधिकारी शाहीलगायत वक्ताहरुले प्रहरी र समुदायबीचको सहकार्यलाई अझै मजबुत बनाउँदै शान्ति सुरक्षामा जनसहभागिता बढाउन प्रतिबद्धता जनाए ।

















































हाम्रो पहुँच संवाददाता । १३ भाद्र २०८२, शुक्रबार