एम्बुलेन्स ग्यारेजमा बिरामी स्टेचरमा

जाजरकोट। बारेकोट गाउँपालिकाले भारत सरकारको आर्थिक सहयोगमा उपलब्ध गरायको कर्णाली प्रदेश ०२००१ झ ०१५९ नम्बरको एम्बुलेन्स संचालनमा ल्याएको थियो , करिब १० महिना अघि देखि उक्त एम्बुलेन्स ग्यारेजमा थन्किएको छ । एम्बुलेन्स नभए पछि बारेकोटका गाउँ बस्तिका सिकिस्त बिरामिहरु र सुत्केरी महिलालाई स्टेचरमा राखेर स्वास्थ चौकी सम्म पुर्‍याउनु पर्ने बाध्यता छ , आधारभूत अस्पताल लिम्सामा रहेका बिरामीलाई रिफर गर्दा महङ्गो भाडामा गाडी रिजभ गरेर सुर्खेत नेपालगन्ज जानू परेको स्थानियहरुको गुनासो छ ।
अटो नेपाल मोटर पार्टस सुर्खेतमा एम्बुलेन्स मर्मत गर्दा लागेको खर्च पालिकाले भुक्तानी नदिएपछि ग्यारेजले एम्बुलेन्सनै थुतेको जनाएको छ ।

अटो नेपाल मोटर पार्टसका संचालक सुशील रेग्मीका अनुसार पटक पटक एम्बुलेन्स बनायको रकम २ वर्ष सम्म भुक्तानी नदिएपछि एम्बुलेन्सनै ग्यारेजले थुतेको हो ।

एम्बुलेन्स मर्मतको भुक्तानी नगरेको रकम कहाँ कति छ रु
कला मोटर पार्टस कोहल्पुर १ लाख ३७ हजार ५ सय ७८
अटो नेपाल मोटर पार्टस सुर्खेतमा २ लाख ६३ हजार
एरि आयल स्टोर सल्लीबजारमा तेलको २ लाख ७५ हजार ७ सय ८० गरि जम्मा ६ लाख ७६ हजार ३ सय ५८ रहेको छ ।

के यो रकम गाउँपालिकामा छौन त ?
प्रमुख प्रशासकीय अधिकृत राम बहादुर मल्ल भन्नुहुन्छ अहिलेसम्म भुक्तानी नहुनुको कारण आन्तरिक रुपमा कुरा नमिल्नेु हो, अबको ३र४ महिना पछि अर्थात वर्षायाम सकिएर बाटो खुल्ना बितीकै सबै ठाउको रकम भुक्तानी गरेर एम्बुलेन्स पुनस् संचालनमा ल्याईने जानकारि दिनुभएको छ।

तपाईको प्रतिक्रिया