
खलंगा । जाजरकोटलाई राष्ट्रिय स्तरमा भलिबल खेलमार्फत चिनाउने खेलाडी तुफान श्रेष्ठको निधन भएको छ । लामो समयदेखि उपचाररत श्रेष्ठको काठमाडौंस्थित गंगालाल हृदय केन्द्रमा निधन भएको हो ।
श्रेष्ठको निधनले जाजरकोट लगायत सम्पूर्ण खेलकुद क्षेत्र शोकमा डुबेको छ । उहाँले युवाहरूमाझ भलिबलप्रति रुचि बढाउनुका साथै जिल्लामा खेलकुद विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनुभएको थियो ।
















































हाम्रो पहुँच संवाददाता । १३ श्रावण २०८२, सोमबार