
जाजरकोट । डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख अमर प्रसाद साहमाथि कार्यकक्षमै भएको कुटपिट घटनामा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) जाजरकोट सेक्रेटरी विराजन शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने शाही भेरी नगरपालिका–७ का स्थायी बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार, शाहीमाथि “आपराधिक उपद्रव” सम्बन्धी मुद्दामा फरार अभियुक्तका रूपमा खोजी भइरहेको थियो ।
अज्ञात समुहद्दारा डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख शाह माथी कुटपिट, अनुसन्धान भैरहेको छ प्रहरी
गत असार २२ गते दिउँसो ४ बजे डिभिजन वन कार्यालय, जाजरकोटमा प्रमुख अमर प्रसाद साहमाथि कार्यकक्षमै आक्रमण भएको थियो । कालो मास्क लगाएका शाहीसहितको समूहले कार्यालयमा अनधिकृत रूपमा प्रवेश गरी साहमाथि कुटपिट गरेको आरोप प्रहरीले लगाएको छ ।
घटनापछि फरार रहेका शाहीलाई खोजतलास गर्ने क्रममा प्रहरीले शुक्रबार ( आज) बिहान ६ बजे नलगाड नगरपालिका–१०, रावतगाउँबाट पक्राउ गरेको हो ।
यूवा संगठनले लियो डिभिजन वन कार्यालयका प्रमुखमाथि कुटपिटको जिम्मा, कारण सार्वजनिक
पक्राउ पश्चात जिल्ला अदालत, जाजरकोटबाट सात दिनको म्याद थप गरी उनलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
यसअघि एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त आक्रमणको जिम्मा नेकपा (विप्लव) निकट युवा संगठन नेपालले लिएको थियो । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी खोजी कार्य जारी राखेको जनाएको छ ।
















































हाम्रो पहुँच संवाददाता । २७ असार २०८२, शुक्रबार