
काठमाडौँ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय-कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार जीपीए १.६० देखि २ जीपीए – ८ जना, जीपीए २ देखि २.४०– ४,१२६ जना, जीपीए २.४० देखि २.८०– ४८,४७९ जना, जीपीए २.८० देखि ३.२०– ८९,१२४ जना, जीपीए ३.२० देखि ३.६०– ८१,३८५ जना, जीपीए ३.६० देखि ४– ४८,१७७ जना, नन ग्रेडेड– १,६७,५९७ जना गरी जम्मा पास विद्यार्थी संख्या २,७१,२९९ जना रहेको छ । एसईईमा कुल ४,३८,८९६ परीक्षार्थी सहभागी थिए ।
जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या कुन प्रदेशमा कति ?
कोशी : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– ६,२५८ जना
मधेश : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– ४,१३८ जना
बागमती : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– २३,७८२ जना
गण्डकी : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– ४,८९५ जना
लुम्बिनी : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– ६,७५४ जना
कर्णाली : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– १,१३१ जना
सुदूरपश्चिम : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– १,२१९ जना
गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको थियो ।

















































हाम्रो पहुँच संवाददाता । १३ असार २०८२, शुक्रबार