कुकुरलाई भगवान, मान्छेलाई अपमान – कस्तो जाति यो मानव ?

जातीय सवालमा नेपाली समाज निकै निर्मम र विवेकहीन छ । उ कानून मान्दैन, मान्छे चिन्दैन, गल्ती स्वीकार्दैन, मानवता बुझ्दैन्, अरुलाई मान्छे ठान्दैन् । जातीय विभेदको सवालमा विभेद बुझ्न मान्छेले बोल्नु पर्दैन्, मानिसको हाउ भाउ गरिने व्यवहार र गरिने गतिविधिबाट धेरैको कुरा थाहा हुन्छ ।

नेपाली समाजको दलित समुदायप्रति गैरदलितको मनोविज्ञान, चेतनाको स्तर बुझ्न ठूलो काण्ड घट्नु पर्दैन् । स–साना घटनाले हाम्रो समाजको चेतना र मानसिकता के–कस्तो छ ? त्यो छताछुल्ल पार्छ ।

छुवाछुत भनेको जात, धर्म, पेसा, क्षेत्र, लिङ्ग, अपाङ्गता, शारीरिक प्रणाली आदिका आधारमा गरिने भेदभाव हो । नेपालको सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा छुवाछुत प्रथा अझै व्यापक रूपमा चलिरहेको भेटिन्छ । कतिपय स्थानहरूमा दलित समुदाय माथि छोइछिटो गर्ने, मन्दिरमा प्रवेशमा रोक लगाउने जस्ता व्यवहार भइरहेका छन् ।

यस्ता व्यवहार हाम्रा समाजका समस्या हुन् । परम्परागत सोचमा आधारित यस्ता समस्या समाधान गर्न शिक्षा र सचेतना बढाउनु जरुरी छ नेपाल, पाकिस्तान र भारतमा छुवाछुतलाई अवैध बनाइएको छ । यद्यपि, संविधानमा “छुवाछुत“ को मूल अर्थ भन्ने स्पष्ट छैन ।

छुवाछुतको ऐतिहासिक पक्ष अझै पनि निश्चित छैन र यो विवादको विषय बनेको छ । दलित थर भएका मानवले बनाएका मन्दिर, घर, कुटो, कोदालो सबै चल्ने गैरदलितहरु अब सच्चिनु पर्छ । कुकुरको पुजा गर्ने तर मानिस माथि विभेद गर्ने ? यस्तो परम्परा हटाउनुपर्छ ।
सामाजिक असहजता
– व्यक्तिमा हिनताबोध र आत्मग्लानि
– सुविधा र अवसरमा विभेद
– सामाजिक सम्मानमा न्यूनता
– सामाजिक विभेद र विग्रहको स्थिति
– सामाजिक द्वन्द्व
– सामाजिक सहयोग र सद्भावको पक्षमा कमजोरी
समाधानका उपाय
– चेतना जागरण
– शिक्षाको प्रचार प्रसार
– कडा कानुनी प्रबन्ध
– सहकार्य, सहयोग र सद्भाव वृद्धिका कार्यक्रम सञ्चालन
– सामाजिक समावेशिता कायम
– सकारात्मक विभेदको व्यवस्था

तपाईको प्रतिक्रिया