
जाजरकोट । भेरी नगरपालिका–९, कालाभुरस्थित खुल्ला पानी ट्याङ्कीमा डुबेर एक १२ वर्षीय बालकको ज्यान गएको छ। सिचाइ प्रयोजनका लागि निर्माण गरिएको उक्त ट्याङ्कीमा शनिबार दिउँसो पौडी खेल्ने क्रममा स्थानीय खडक प्रसाद शर्माका छोरा रमेश शर्मा ज्यान गएकाे हाे ।
घटनापछि ईलाका प्रहरी कार्यालय जगतीपुरबाट प्रहरी सहायक निरीक्षक कमल बटालाको नेतृत्वमा चार जनाको टोली घटनास्थलमा पुगेको थियो। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, जाजरकोटबाट प्रहरी निरीक्षक हरिराम डाँगीको कमाण्डमा अर्को टोली खटिएको प्रहरी स्रोतले जनाएको छ।
डुबेको अवस्थामा भेटिएका बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल, जाजरकोटमा ल्याइएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जानकारी दिएको छ।
















































हाम्रो पहुँच संवाददाता । २६ जेष्ठ २०८२, आईतवार