
खलंगा । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति जाजरकोटले जिल्ला स्तरीय स्थानीय दल संयन्त्र गठन गरेको छ । स्थानीय तहका जनप्रतिनीधिहरुको भेला तथा प्रशिक्षण कार्यक्रमको अन्तमा जिल्ला स्तरीय स्थानीय दल संयन्त्र गठन गरिएको हो ।
स्थानीय दल संयन्त्रको संयोजकमा नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावत सर्वसम्मत चयन भएका छन् ।
नौ सदस्य जिल्ला स्तरीय स्थानीय दल संयन्त्रमा जिल्ला समन्वय समिति जाजरकोटका उप–प्रमुख दल बहादुर सिंह, छेडागाड नगरपालिकाका उप–प्रमुख चन्द्र बहादुर थापा, नलगाड नगरपालिकाका उप–प्रमुख देवका लामिछाने, बारेकोट गाउँपालिकाका उपाध्यक्ष नर बहादुर गिरी, शिवालय गाउँपालिकाका उपाध्यक्ष गिता शाही, भेरी नगरपालिका स्थानीय दलका संयोजक तथा वडा नं. १ का वडा अध्यक्ष दिपक राना, जुनीचाँदे गाउँपालिका स्थानीय दलका संयोजक तथा वडा नं. ११ का वडाअध्यक्ष जय बहादुर बस्नेत, कुशे गाउँपालिका स्थानीय दलका संयोजक तथा वडा नं. ८ का वडाअध्यक्ष डिल्ली बहादुर सिंह सदस्य रहेको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति जाजरकोट संयोजक टेक बहादुर रावलले जानकारी दिए ।

पार्टीले चुनाव जितेका पालिका र वडाहरुमा समाजवादी मोडेको अभ्यास गर्नुको साथै विकास निर्माण, न्याय सम्पादन लगाएतका नागरिक सेवा प्रवाहलाइ गुणस्तरीय र सुलभ बनाउन दुइ दिने स्थानीय तहका जनप्रतिनीधिहरुको भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको संयोजक रावलले जानकारी दिए ।

















































हाम्रो पहुँच संवाददाता । २४ जेष्ठ २०८२, शुक्रबार