इन्जिनियरिङ संगठन जाजरकोटको अध्यक्षमा पदम थापा


जाजरकोट । नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन (प्राविधिक) जाजरकोटको प्रथम भेला सम्पन्न भएको छ । भेलाले पदम थापाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा पवन खत्री, सचिवमा जिम्मेवारी पुष्पराज गौतम चयन भएका छन् । भेलामा जिल्लाभरिका प्राविधिक तथा इन्जिनियरहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा संगठनको उद्देश्य, भावी योजना तथा जिल्लामा प्राविधिक विकासका सम्भावनाबारे गहिरो छलफल गरिएको थियो ।
निर्वाचित अध्यक्ष थापाले प्राविधिकहरूबीच एकता कायम गर्दै जिल्लामा व्यावसायिकता र प्रविधिको प्रवद्र्धन गर्ने दावी गरे ।

तपाईको प्रतिक्रिया