जाजरकोट । अपांगता भएका व्यक्तिहरूलाई लक्षित गर्दै जाजरकोटको जुनीचाँदे गाउँपालिकामा विशेष स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ११९ जनाले स्वास्थ्य परीक्षण गराएका थिए भने ९४ जनालाई विभिन्न सहायता सामग्रीहरू हस्तान्तरण गरिएको छ ।
ह्यान्डिक्याप इन्टरनेशनल सँगको साझेदारीमा सञ्चालित ‘पहुँच वृद्धिका लागि परियोजना’ अन्तरगत र स्वास्थ्य सेवा कार्यालय, जाजरकोटको समन्वयमा यो शिविर आयोजना गरिएको हो ।
शिविरको उद्देश्य ग्रामीण भेगका अपांगता भएका व्यक्तिहरूको पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउनु रहेको आयोजक संस्थाले जनाएको छ ।
स्थानीय तहमा अपांगता भएका नागरिकहरूका लागि पहुँचयुक्त सेवा सुनिश्चित गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने पाँचतारा युवा संरक्षक मंञ्च जाजरकोटका अध्यक्ष छवि पन्तले जानकारी दिए ।
हाम्रो पहुँच संवाददाता । २१ जेष्ठ २०८२, मंगलवार