
जाजरकोट । जाजरकोट कारागारभित्र एक जना कैदीले आइतबार आत्महत्या गरेका छन् । भेरी नगरपालिका–१० निवासी २५ वर्षीय दीपक बुढाले कारागारभित्रै झुण्डिएर आत्महत्या गरेका हुन्। उनी शौचालयमा झुन्डिएका थिए ।
बुढा २०८१ साल चैत्र ५ गते जवरजस्ती करणी मुद्दामा जिल्ला अदालत जाजरकोटको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख बसन्त कुमार शर्माले जानकारी दिए ।
आत्महत्याको कारण खुल्न बाँकी रहेकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनाले कारागारभित्र मानसिक स्वास्थ्य र व्यवस्थापन कमजोर भएको देखिन्छ ।
















































हाम्रो पहुँच संवाददाता । २८ बैशाख २०८२, आईतवार