नेकपा जाजरकोटको सेक्रेटरीमा विराजन सी

खलंगा । नेपाल कम्यूनिष्ट पार्टी ( विप्लव) जाजरकोट सेक्रेटरीको जिम्मेवारी विराजन सी लाई दिईएको छ । पार्टीको कर्णाली प्रदेश सचिवालयको प्रथम वैठकले विराजनलाई सेक्रेटरीको जिम्मेवारी दिएको हो ।

वैशाख ५ गते सुर्खेतमा सम्पन्न सचिवालयको बैठकले जिम्मेवारी हेरफेर गरेको हो ।

जिल्लाको जिम्मेवारी पाएसँगै उनले पार्टीले दिइएको जिम्मेवारीले थप उर्जा र गौरवको अनुभुती भएको बताए ।

‘नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले सबैतिर बितृष्णा सिर्जना गरेको छ, त्यसलाई आशामा बदल्न युवाहरुले नेतृत्व गर्दै सबैतिरका संकटहरुलाई समाधान गर्ने प्रयत्न गर्नैपर्नेछ’ उनले भने, त्यसको कार्यभार हामी युवाहरुको काँधमा आइपरेको छ । त्यसमा जिम्मेवार रहनेछु ।’ पार्टीको गतिविधीलाई प्रभावकारी ढंगले अघि बढाउने जनाए ।

तपाईको प्रतिक्रिया