
बारेकोट – २ को रोकायगाउँ बस्ती
नयाँ वर्ष २०८२ को यस सुखद अवसरमा हाम्रा सबै आदरणीय पाठक, लेखक, स्रष्टा, विज्ञापनदाता र शुभेच्छुकहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं ।
हाम्रो बितेको वर्ष हर्ष, विषाद, चुनौती र उपलब्धिहरूको संगम रह्यो । हरेक नयाँ वर्ष नयाँ आशा, नयाँ प्रेरणा र नयाँ ऊर्जा लिएर आउँछ । यो नयाँ वर्ष पनि हामी सबैका लागि सृजनात्मकता, समृद्धि र सहकार्यको नयाँ अध्याय बन्न सकोस् भन्ने कामना गर्दछौं ।
यो नयाँ वर्ष हामीसँग केवल उत्सव मात्र होइन, जिम्मेवारीको पनि स्मरण गराउँदै आएको छ ।
विगत वर्षले हामीलाई दुःखद भूकम्पको पीडा दिएर गयो । जाजरकोट र आसपासका जिल्लामा थुप्रै घर चर्किए, जीवन उजाडिए । आज पनि नागरिक अस्थायी टहरामा आशाको घाम पर्खिरहेका छन् । नयाँ वर्षको पहिलो संकल्प—भूकम्पपीडितका लागि छिटो र प्रभावकारी पुनर्निर्माण होस्, सबैको लागि सुरक्षित बासको ग्यारेन्टी होस् । यसै वर्ष, जाजरकोटमा विकास निर्माणको गति तीव्र होस्, ढिलो र अपारदर्शी प्रणालीको अन्त्य होस् ।
सुशासन शासनको मेरुदण्ड बन्न सकोस्, जवाफदेही र पारदर्शी नीतिहरू व्यवहारमा उतारिन सकोस् । र, देशको आर्थिक वृद्धिदर केवल कागजमा होइन, जनता सम्म पुर्याउने व्यवहारिक समृद्धिमा रूपान्तरण होस् । स्थानीय सरकारहरु जनताको नजिकको सरकार व्यवहारमा बनोस् । भ्रष्टाचार, कालोबजारीको अन्त्य होस् । नयाँ वर्ष नयाँ संकल्पको समय हो—व्यक्तिगत मात्र होइन, सामूहिक संकल्पको पनि । हामी शब्दको दुनियाँबाट आफ्नो भूमिका निर्वाह गर्न तत्पर छौं—तपाईं सँगै । यस वर्ष
हामी हाम्रो अनलाइन पत्रिकालाई अझ खोज सामग्री, विविध विधा र समाजप्रति उत्तरदायी पत्रकारिताको यात्रामा अघि बढाउने दृढ संकल्पका साथ प्रस्तुत भइरहेका छौं । हामी तपाईंहरूसँगको निरन्तर सहकार्य, सुझाव र साथका लागि सधैं आभारी छौं ।
नयाँ वर्ष २०८२ आशा, सहकार्य र सम्भावनाले भरिएको बर्ष रहोस् । शुभकामना !
केवी दर्शन
प्रकाशक
















































हाम्रो पहुँच संवाददाता । १ बैशाख २०८२, सोमबार