एकीकृत समाजवादी जाजरकोटको अध्यक्षमा थापा, सचिवमा खड्का निर्वाचित

खलंगा । नेकपा (एकीकृत समाजवादी) जाजरकोटको अध्यक्षमा दिप बहादुर थापा सर्वसम्मत निर्वाचित भएका छन् । पार्टीको छैटौं जिल्ला अधिवेशनबाट थापा अध्यक्षमा पुनः निर्वाचित भएका हुन् ।

यस्तै, उपाध्यक्षमा मानबहादुर बढा क्षेत्री, सचिवमा प्रदिप खड्का, उपसचिवमा गोविन्द्र बुढा, चाँगुनाराण विष्ट सर्वसम्मत निर्वाचित भएको निर्वाचित समितिले जनाएको छ ।

४३ सदस्सीय जिल्ला कमिटी निर्माण गरिएको छ । पार्टीको जिल्ला अधिवेशन केन्द्रीय महासचिव घनश्याम भुसालले उद्दघाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया