
खलंगा । जुनीचाँदे गाउँपालिका–६ कि ३० वर्षीय राजु कुमारी शाहीलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्दार गरिएको छ ।
शाहीलाई २३ गते साँझ ५ बजे प्रसव व्यथाले च्यापेपछि परिवारले प्राथमिक स्वास्थ्य केन्द्र, जुनीचाँदे गर्खाकोटमा लगेका थिए । सोही राति ११ बजे उनको सामान्य डेलिभरी भएपनि अत्याधिक रक्तस्राव भएपछि उनको अवस्था जटिल बन्दै गएको थियो ।
२ दिनसम्म पनि रक्तस्राव नरोकिएपछि थप उपचारका लागि उनलाई दिउँसो ३ः१८ बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत प्रादेशिक अस्पताल, कालागाउँ सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरीराम डाँगीले जानकारी दिए ।
उद्धारकार्यमा इलाका प्रहरी कार्यालय (इ.प्र.का.) गर्खाकोटबाट प्रहरी निरीक्षक नवराज बुढा क्षेत्रीको कमान्डमा पाँच जना प्रहरी टोली खटिएको थियो ।

















































हाम्रो पहुँच संवाददाता । २४ चैत्र २०८१, सोमबार