दोस्रो सहीद विदुर स्मृति अन्डर ‒१९ भलिवल कप सुरु, नगरप्रमुख घर्तीद्धारा उद्घाटन

जिल्लाका सात वटै पालिका बाट १० टीमको सहभागिता रहेको छ ।

No description available.
जाजरकोट । दोस्रो सहीद विदुर स्मृति अन्डर‒१९ भलिवल कप सुरु भएको छ । आइतबार (आज) भेरी नगरपालिका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले औपचारिक रुपमा कपको उद्दघाटन गरेका हुन् । ‘लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि खेलकुद कार्यक्रम’ भन्ने मुल नाराका साथ सहीद स्मृति यूवा क्लवको आयोजनामा त्रिभुवन माद्यामिक विद्यालय खलंगाको फिल्डमा सुरु भएको क्लवका अध्यक्ष प्रेम बहादुर विकले जानकारी दिए ।
उनका अनुसार कपमा १० टीमको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा बोल्दै भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले खेलकुदको माध्यमबाट यूवा पुस्तालाई लागुऔषध दुव्र्यसनी बाट मुक्त गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए । ‘यो कार्यक्रम एकदम ठीक छ, उनले भने, ‘यसले यूवालाई अनुशासनका साथै लागुऔषध दुव्र्यसनी बाट बच्न समेत सहयोग गर्छ ।’
No description available.
अहिलेका यूवापुस्ताले लागुपदार्थ सेवन नगरी सिर्जनात्मक काम तिर लाग्न नगरप्रमुख घर्तीले आग्रह समेत गरे । लागुऔषधले मानव शरीरमा रहेको धेरै शक्ति नष्ट गर्ने र अन्तमा ज्यान लिनेभएकोले कुलतमा नलाग्न यूवा खेलाडीहरुलाई सल्लाह समेत घर्तीले दिए ।
जिल्लामा खेलाडी उत्पादन र खेल क्षेत्रको भविष्य फराकिलो बनाउने उद्देश्यले आफ्नो बुवाको नाम बाट कप सञ्चालन गरेको अध्यक्ष विकले बताए । भेरी नगरपालिका ‒०१ कोल्चौरका कर्णबहादुर विक ( विदुर) ले २०५७ साल चैत्र २४ गते तत्कालिन माओवादी जनयुद्दको वेला दैलेखमा ज्यान गुमाएका थिए ।
No description available.
सरकारी पक्षले गोली हानी हत्या गरेको थियो । सोमबार विहान १० बजे बाट खेल सुरु गरिने आयोजक क्लवले जनाएको छ ।
No description available.
No description available.
तपाईको प्रतिक्रिया