
बारेकोट । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसिएल) बारेकोटको अध्यक्षमा शक्तिबहादुर रावत सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार (आज) भएको दोस्रो गाउँ कमिटीको भेलाले रावतलाई सर्वसम्मत निर्वाचित गरेको हो ।
उपाध्यक्षमा मानबहादुर नेपाली, नन्दलाल बि.क, लमबहादुर नेपाली निर्वाचित भएको वाईसिएल बारेकोटले जनाएको छ । यस्तै, सचिवमा भक्त बहादुर नेपाली, स—सचिव पुर्णकला घर्ती र कोषाध्यक्षमा डम्बर चलाउने सर्वसम्मत निर्वाचित भएको जनाईएको छ ।
४५ सदस्सीय नयाँ कमिटी निर्माण गरिएको छ । दोस्रो भेलामा नेकपा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य प्रशान्त गौतम, वाईसिएल केन्द्रीय सदस्य लोकेन्द्र राना, नेकपा माओवादी केन्द्र बारेकोटका अध्यक्ष धनबहादुर नेपालीको उपस्थिति रहेको थियो ।

















































हाम्रो पहुँच संवाददाता । १५ चैत्र २०८१, शनिबार