नेकपा एकीकृत समाजवादीले ग¥र्याे छैंटो जिल्ला अधिवेशनको लोगो सार्वजनिक

खलंगा । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) जाजरकोटले छैटौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ । बुधबार विहान पत्रकार सम्मेलनको आयोजना गरी यही चैत्र २५—२६ गते खलंगामा हुने अधिवेशनको लोगो सार्वजनिक गरेको हो ।
‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नारा दिईएको छ । अधिवेशनको लोगोमा विश्वमै दुर्लभ मानिएको रेडपाण्डा, खलंगा बजार, रकनेपालको झण्डा, पार्टीको चुनाव चिन्ह, पार्टीको झण्डा समावेश गरि निर्माण गरिएको छ ।

May be an image of text
अधिवेशनमा पार्टीका केन्द्रीय महासचिव घनश्याम भुसालको प्रमुख आथित्यता रहने जिल्ला इन्चार्ज कृष्ण विसीले जानकारी दिए । फरक प्रसंगमा इन्चार्ज विसीले अहिले मुलक संकटमा रहेको बताए ।

उनले भने, ‘अहिले मुलक निकै संकटमा छ, राजावादीहरु सडकबाट कराईरहेका छन् भने, सत्तामा रहेका पार्टीहरुले एकपछि अर्काे जनविरोधी गतिविधी गरिरहेका छन् ।’ यो संकट बाट बच्न, देशलाई जोगाउन गणतन्त्रवादी दलहरु एक भएर जान आवश्यक रहेको समेत विसीले बताए ।

जिल्ला अधिवेशनमा कुशे गाउँपालिकाको खाँडो नाच, राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती, झाँकी सहित भव्य रुपमा सम्पन्न गर्ने तयारी रहेको एकीकृत समाजवादी जाजरकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया