
जाजरकोट । आगामी चैत्र १८ गते भेरी ज्ञानोदय बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुदैछ । निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । जसमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु वीच गठबन्धन छ । यता, अखिल क्रान्तिकारी, अखिल समाजवादी र अनेरास्ववियू वीच गठबन्धन छ ।
नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले चुनावी तालमेल गरेका छन् ।
उक्त प्यानलबाट सभापतिमा प्रनिल बिक्रम चन्द (नेविसंघ) सचिवमा राजेन्द्र खत्री (अनेरास्ववियु), कोषाध्यक्षमा प्रमिता खत्री (अनेरास्ववियु), सदस्यहरुमा खीम बहादुर थापा (ने.वि संघ),देविका कार्की (अनेरास्ववियु ) ले मनोनयन दर्ता गरेका छन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपा (विप्लव) निकट विद्यार्थी संगठनले चुनावी तालमेल गरेका छन् ।
सोही प्यानलबाट सभापतिमा पुष्पराज वली ( अनेरास्ववियू), सचिवमा भीमराज महतारा (अखिल क्रान्तिकारी), कोषाध्यक्षमा नवीन शाही (अखिल समाजवादी), सदस्यहरुमा कमला शाही र लक्ष्मण बुढाथोकीले उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट मिनकृष्ण विक्रम शाहले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । २८६ मतदाता रहेको भेरी ज्ञानोदय क्याम्पसमा विगतका निर्वाचनमा नेविसंघले जित निकाल्दै आएको छ । यसपटक पनि दुई ठूला संगठन एक भएपछि सहजै जित निकाल्न सक्ने आंकलन गरिएको छ ।
तर भौगोलिक रुपमा सदरमुकामका दुई उम्मेदवार छन् । नेविसंघ र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको तर्फबाट उम्मेदवार बनेका प्रनिल र मिनकृष्णले एकअर्काका मत काट्ने निश्चित देखिन्छ । यसले गर्दा समाजवादी निकट अनेरास्ववियूको पुष्पराज वलीको प्यानललाई फाइदा पुग्ने छ । सदरमुकाममा रहेको क्याम्पसमा बारेकोट र कुशेका विद्यार्थी संख्या बढी छ । त्यसैले अहिलेको निर्वाचनमा निकै प्रतिस्पर्धा हुनेछ । को कति बलियो अहिले नै भन्न सकिदैन् । त्यसका लागि निर्वाचनको मतपरिणाम पर्खनुपर्छ । मध्यपश्चिम विश्वविद्यालयकाेआंगिक क्याम्पस रहेको यस क्याम्पसमा तीन वटा संकायमा अध्यापन गराईन्छ ।
















































हाम्रो पहुँच संवाददाता । ११ चैत्र २०८१, मंगलवार