स्वास्थ्य कार्यालयमा प्रशासनको छड्के, २८ कर्मचारी गयल, अधिकांशको विदा नै छैन स्वीकृति ( प्रतिवेदन सहित)


जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले स्वास्थ्य सेवा कार्यालयमा छड्के अनुगमन गरेको छ । बुधबार प्रशासकीय अधिकृत समीर गौतमको नेतृत्वमा स्वास्थ्य कार्यालयमा छड्के अनुगमन गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालयको अनुगमन गर्दा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरू अनुपस्थित रहेको पाइएको छ । प्रशासनद्वारा जारी प्रतिवेदनअनुसार कूल ८८ जना कर्मचारीमध्ये २८ जना कार्यालयमा उपस्थित नभएको खुलेको छ ।

अनुपस्थितमध्ये केहीले तालिम लिएको कारण देखाएका छन् भने धेरैजसो बिदा स्वीकृत नगरी अनुपस्थित रहेको पाइएको छ । कतिपय कर्मचारी अन्यत्र काममा व्यस्त रहेका कारण कार्यालय नआएको प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत समीर गौतमका अनुसार, अनुपस्थित रहेका स्वास्थ्यकर्मीहरूलाई स्पष्टीकरण सोध्ने र आवश्यक कारबाही प्रक्रिया अघि बढाउने तयारी गरिएको छ । प्रशासनले हाजिरी प्रणालीलाई थप व्यवस्थित गर्दै कार्यस्थलमा अनुपस्थित हुने कर्मचारीमाथि कडा निगरानी राख्ने जनाएको छ ।

स्थानीय सेवाग्राहीहरूले नियमित स्वास्थ्य सेवा प्रभावित भएको गुनासो गरिरहेका छन् । प्रशासनले अब अनुगमनलाई अझ प्रभावकारी बनाउने र अनुशासनहीन कर्मचारीमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

काे कर्मचारी कता  ?

तपाईको प्रतिक्रिया