कर्मचारीमाथि खुकुरी प्रहार, गाउँपालिकाद्धारा दोषिलाई कार्वाहीको माग


लिम्सा । बारेकोट गाउँपालिकामा कार्यरत असिष्टेण्ट सव इन्जिनियर हिमाल पुन माथि खुकुरी प्रहार गर्नेलाई गाउँपालिकाले कार्वाहीको माग गरेको छ ।

गाउँपालिकाकाले एक प्रेस विज्ञप्ती जारी गर्दै दोषिलाई कार्वाहीको माग गरेको हो । चैत्र ३ गते वडा नं. ६ मा रहेको सीता माद्यामिक विद्यालयमा दिवा खाजा घरको अनुगमन गर्न गएका सव इन्जिनियर पुन माथि सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र नेपालीले खुकुरी प्रहार गरेका थिए ।

‘पुनले अलि राम्रो गर्नुहोला भवनको गुणस्तर कम भयो भन्न साथ बोलाबोल भएको थियो, केही समयपछि आएर खुकुरी प्रहार भएको थियो, गाउँपालिकाका एक कर्मचारीले भने, ‘खुकुरी प्रहार गरी पेस्तोल जस्तो वस्तु देखाएर धम्क्याए थिए ।’

याे पनि पढ्नुहाेस् :

बारेकोटमा विव्यस अध्यक्षद्धारा गाउँपालिकाका सव इन्जिनियरमाथि खुकुरी प्रहार

यस्तो छ गाउँपालिकाको प्रेस विज्ञप्ती
प्रेस विज्ञप्ति
बारेकोट गाउँपालिका अन्तर्गत सञ्चालित योजना तथा कार्यक्रमहरुको नियमन तथा अनुगमन गरी मापदण्ड अनुरुप निर्माण कार्य सम्पन्न गर्नु गाउँपालिकाको दायित्व हो । यसै सन्दर्भमा मिति २०८१ साल चैत्र ३ गते जाजरकोट जिल्ला, बारेकोट गाउँपलिका वडा नम्बर ६ स्थित श्री सीता माध्यमिक विद्यालय कार्कीज्यूलाको दिवा खाजाघर निर्माणको अनुगमन तथा निरीक्षणगर्न खटिनु भएका बारेकोट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, लिम्सामा कार्यरत असिष्टेण्ट सब इन्जिनियर हिमाल पुन र सो विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र नेपाली वीच गुणस्तर नियन्त्रणको विषयमा सामान्य विवाद भएको अवस्थामा विद्यालय व्यवस्थापन समिति अध्यक्षले असिष्टेण्ट सब– इन्जिनियर हिमाल पुनमाथि एक्कासी धारिलो वस्तु, खुकुरी प्रहार र त्यसपछि पेस्तोल ताकि ज्यान मार्ने उद्योग गरी कुटपिट बाट सख्त घाइते बनाएको प्रति बारेकोट गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।

कर्मचारीले गल्ती कमजोरी गरेको भए कानूनी कारवाही गर्ने ÷ गराउने विभिन्न उपायहरु हुँदाहुँदै जिम्मेवार व्यक्तिबाट नै राष्ट्रसेवक कर्मचारी माथि भएको दुव्र्यवहार तथा आक्रमण हुनु अति निन्दनीय, अमानवीय र कानूनी रूपमा अस्वीकार्य छ । राष्ट्रसेवक कर्मचारीलाई कार्यस्थलमै जिम्मेवार व्यक्तिबाट घटाईएको घटनाको घोर भत्सर्ना एवम् निन्दा गर्दै यस्ता घटनाले राज्यको भूमिकका र उपस्थिति प्रति प्रश्न उब्जाउने भएको हुँदा घटमनामा संलग्न नेपालीलाई अविलम्ब नियन्त्रणमा लिई कानून बमोजिम हदै सम्मको कारबाही गर्न जोडदार माग गर्दछौं ।

यस घटनामा संलग्नलाई यथाशीघ्र कानूनी दायरामा ल्याउन, पीडितलाई न्याय दिलाउन तथा भविष्यमा यस्ता अमानवीय घटनाहरू दोहोरिन नदिन सम्बन्धित निकायलाई आग्रह गर्दछौं ।

May be an image of map, ticket stub and text

तपाईको प्रतिक्रिया