कुशेमा आगलागीमा परी बालकको मृत्यु


कुशे । कुशे गाउँपालिका —०८ ग्राक्लीमा आगलागीमा परी एक जना बालकको मृत्यु भएको छ । स्थानीय जनकबहादुर रोकायको १२ बर्षिया छोरा अम्मर रोकायको मृत्यु भएको प्रहरी चौकी पैंकले जनाएको छ । गएरात्ति १२ बजेको समयमा घरमा आगलामी भएको थियो । खाना पकाउने चुलो बाट भारमा आगो सल्किएर पुरै घरमा क्षति पुगेको थियो ।

स्थानीयको सहयोगमा प्रहरी चौकीमा खबर गरेपछि परिवारका अन्य सदस्यलाई उद्दार गरिएको छ । घरमा रहेका लत्ताकपडा, भाडाकुँडा, काठपात,अन्नपात सबै नष्ट भएको प्रहरीले जनाएको छ । सुनको तिलहरी, नगद १ लाख २५ हजार समेत आगोमा जलेर नष्ट भएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया