पछिल्लो केही महिनामा ठूलठूला अस्पतालका चिकित्सकहरुलाई हातपात गरेको पाईन्छ । हुन त चिकित्सकहरुले गलत सोच कहिले पनि गर्दैनन् यी घटना पहिलो होइन र नेपालमा मात्र यस्ता घटना घट्ने पनि होइन । तर नेपालका थुप्रै सफल चिकित्सकहरु सँगको केही वर्ष अनुभव बटुलिसकेकाले नै थप अध्ययन र काम गर्ने क्रममा गलत भन्नु र हातपात गर्नु असान्दर्भिक लाग्ने रहेछ । जसका कारण परिवार, समाजमा मात्र गहिरो चोट पुग्दैन्, यो त देशकै लागि क्षति हो ।
डाक्टर लाई हातपात र गाली गलौजले अध्ययनरत संस्था र राज्यको व्यवस्थामा समेत प्रश्नहरू तेर्सिन्छन् । चिकित्सकीय पेसा अत्यन्त जिम्मेवारी पूर्ण हुन्छ । बिरामीहरूको जीवन बचाउनु, सही उपचार दिनु तथा चौबिसै घण्टा काम गर्नुपर्ने दबाबले मानसिक तनाव बढाएको हुन्छ ।
फेरि कुनै गल्ती भयो भने कानुनी कारबाही, बिरामीका परिवारबाट आक्रोश तथा सामाजिक बदनामीको डर पनि हुन्छ । त्यसमाथि अझ लामो समयसम्म ड्युटी गर्नुपर्ने, आपत्कालिन केसहरू ह्यान्डल गर्नुपर्ने तथा निजी जीवनलाई समय दिन नसक्ने, निद्रा नपुग्ने, खानपान अव्यवस्थित हुने तथा लगातार तनावमा बस्दा मानसिक स्वास्थ्य प्रभावित हुन्छ । कहिलेकाहीँ प्रयास गर्दागर्दै पनि बिरामीलाई बचाउन सकिँदैन । यस्तो अवस्थाले आत्माग्लानी, अपराध बोध तथा मानसिक तनाव सिर्जना गर्छ । समाजले चिकित्सकहरूलाई ‘असफल नहुने’ व्यक्तिका रूपमा हेर्छ ।
एकातिर कुनै एक बिरामीको उपचारमा पनि चिकित्सक सफल भएनन् भने उनलाई आलोचना गरिन्छ । यसले हातपात र गालीको तनावलाई झनै बढाउँछ । अर्कोतिर पेसागत व्यस्तताका कारण चिकित्सकहरू परिवारलाई समय दिन सक्दैनन् । चिकित्सकहरू व्यक्तिगत जीवनमा समस्या आएपनि त्यस्तो कुरा खुलाउन नचाहने प्रवृत्ति हुन्छन् । यसले थप मानसिक समस्या बढाउँछ । त्यस्तै पछिल्लो चरणमा सरकारी तथा निजी अस्पतालमा हुने राजनीतिक खेल, मेडिकल माफियाहरूको हस्तक्षेपले चित्सिकहरूको करिअर अस्थिर बनेको छ ।
सबैभन्दा महत्वपूर्ण र घातक पक्ष चिकित्सकहरू स्वयं मानसिक स्वास्थ्यका विशेषज्ञ भएपनि आफ्नै समस्या अरू सँग सेयर गर्न हिचकिचाउँछन् । डाक्टरलाई त मानसिक समस्या हुँदैन भन्ने धारणा रहेकाले उनीहरू खुलेर परामर्श लिँदैनन् । चिकित्सकहरूको कामको अवधि र सामाजिक जीवनमा पनि राज्यले विचार गर्नुपर्ने जरुरी छ । राज्यले चिकित्सकहरूकै लागि आर्थिक तथा सामाजिक सहायता कार्यक्रमहरू ल्याउनुपर्ने पनि आवश्यक देखिन्छ ।
चिकित्सकहरू स्वयंले पनि धेरै महात्वाकांक्षी नभएर सकारात्मक जीवनशैली र आत्मबोध विकास गर्दै लैजानुपर्ने हुन्छ । विशेषतः आफ्नो स्वास्थ्य बारे खुलेर कुरा गर्ने वातावरण बनाउन अत्यन्तै जरुरी छ । हातपात व्यक्तिगतमात्र होइन, सामाजिक र प्रणालीगत समस्या हो । यसलाई रोक्न सबै पक्षले मिलेर प्रयास गर्न आवश्यक छ । नेपालका हरेक नेपालीलाई आत्मा बोध गर्नु हामी सचेत नागरिकको कर्तव्य हुनेछ ।
प्रेम क्षेत्री । २४ फाल्गुन २०८१, शनिबार