जाजरकोट । दुई दिन देखि लगातार परिरहेको बर्षाले जाजरकोटको जनजीवन प्रभावित भएको छ । अग्ला ठाउँहरुमा हिमपात परेको छ । जाडो बढिरहेको छ । जाडोबढेपछि वृद्धावृद्ध र बालबालिकाहरु प्रभावित भएका छन् ।
सदरमुकाम खलंगामा विद्युत सेवा समेत अवरुद्ध भएको छ । लामो समय पानी नपर्दा खडेरीले हिउँदे बाली सुक्ने थालेपछि किसान चिन्तित थिए । पानी परेपछि अहिले किसानमा खुशीयाली छाएको छ ।
हिउँदे वाली सप्रने भन्दै किसान खुशी भएका हुन् । किसानले खेतवारीमा गुहँ, जौं, मसुरो, केराउ लगाएका छन् । अधिकांश ठाउँमा सिंचाई पुगेको छैन् ।
पानी परेपछि किसान निकै खुशी भएका बारेकोट गाउँपालिका ‒०४ का दलबहादुर सिंहले बताए । ‘हामी निकै खुशी भएका छौं, लामो समय पानी नपर्दा वाली सुक्न थालेका थिए, उनले भने, ‘अब वाली राम्रो हुनेभयो ।’
हाम्रो पहुँच संवाददाता । १७ फाल्गुन २०८१, शनिबार