
जाजरकोट । पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्याङ्कन र पुनःनिर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरेर काम अघि बढाउने भएको छ ।
बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशक समितिको बैठकबाट उक्त निर्णय गरिएको हो । बैठकपछि गृहमन्त्री रमेश लेखकले जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरूमा भएको क्षतिको क्षति आँकलन गर्ने काम द्रुत गतिमा अगाडि बढेको दाबी गरे ।
उनका अनुसार डोटी र बझाङमा केन्द्रबिन्दु भएर गएको भूकम्पको डिडिए भइसकेको पुनःनिर्माण अघि बढाउने र हुन बाँकीको डिडिए गर्न जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरिनेछ ।
उनले भने, ‘जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरूमा भएको क्षतिको क्षति आँकलन गर्ने काम द्रुत गतिमा अगाडि बढेको छ । त्यसपछि हामी पुनः निर्माण र पुनः स्थापनाको काम अगाडि बढाउँछौँ । यसरी नै डोटी र बझाङमा केन्द्रबिन्दु भएर गएको भूकम्पको पनि जतिको डिडिए भइसकेको छ त्यसको पुनःनिर्माण अगाडि बढ्छ।’ उनले भूकम्पपछिको पुनःनिर्माण र पुनः स्थापना द्रुत गतिमा अघि बढ्ने पनि स्पष्ट पारेका छन् ।
















































हाम्रो पहुँच संवाददाता । १५ फाल्गुन २०८१, बिहीबार