जाजरकोट । पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप अभियान सुरु भएको छ । सरकारले देशभर एकै साथ अभियान सुरु गरेको हो । जाजरकोटमा पनि खोप अभियान सुरु भएको छ । भेरी नगरपालिका ‒१३ कुदुमा रहेको भगवती माद्यामिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा खोप अभियान सुरु गरिएको छ । कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ बर्ष उमेरका किशोरीहरुलाई खोप दिईदैछ ।
याे पनि पढ्नुहाेस्
जाजरकोटमा १५ हजार किशोरीहरुलाई खोप दिईने स्वास्थ्य सेवा कार्यालय जाजरकोटका खोप सुपरभाइजर शान्तबहादुर बुढाथोकीले जानकारी दिए । महिलाहरुमा हुने पाठेघरको क्यान्सर बाट बच्नका लागि यो खोप लगाउनुपर्ने बुढाथोकीले बताए । नजिकै रहेको वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीमा खोप लगाउन सम्पर्क गर्न उनले आग्रह गरे ।
खोप अभियानको शुभआरम्भमा जिल्ला समन्वय समिति जाजरकोटका उप प्रमुख दलबहादुर सिंह, भेरी नगरपालिका उपप्रमुख सीता जैसी, प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको उपस्थिति रहेको थियो । खोप अभियान फागुन ६ गते सम्म चल्दैछ ।
जाजरकोटमा कहाँ कहिले खोप अभियान चल्दैछ ?
हाम्रो पहुँच संवाददाता । २२ माघ २०८१, मंगलवार