नरेन्द्र पहाडी जसले आफ्नो जन्मदिनमा १०० विपन्न बालबालिकालाई शैक्षिक सामग्री बाँडे !


बारेकोट । बारेकोट गाउँपालिका‒०२ रोकायगाउँ (अयर्ना) का नरेन्द्र पहाडीले आफ्नो जन्मदिनको अवसरमा विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् । अयर्नामा रहेको लालीगुराँस प्राथमिक विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।

जन्मदिनमा खाएर पार्टी मनाउनुभन्दा गाउँमा रहेका विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दा उनीहरुको पढाईमा सहयोग पुग्ने विश्वासका साथ शैक्षिक सामग्री वितरण गरिएको उनको भनाई छ । आफु काठमाण्डौ भएपनि गाउँका रहेका उनकी आमा र दाई तथा गाउँका यूवाहरुले उक्त शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गरेका थिए ।

गाउँमा पहिलो पटक जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गर्ने उनी पहिलो व्यक्ति भएको स्थानीय हरिबहादुर नेपालीले बताए । यूवाहरुका लागि बल र नेट समेत वितरण गरिएको छ । शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरु निकै खुशी भएका छन् । झन्डै  १०० भन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ । इरेजर, कापी, कलम, कटहर प्रदान गरिएको छ । विद्यालयलाइ एउटा कुर्सी पनि प्रदान गरेका छन् ।

तपाईको प्रतिक्रिया