जाजरकोट । नेपाल निजामती कर्मचारी संगठन जाजरकोटको अध्यक्षमा निराजन विसी निर्वाचित भएका छन् । जिल्ला कार्यसमितिको ११ अधिवेशन बाट विसी निर्वाचित भएका हुन् ।
यस्तै, खुल्ला तर्फको उपाध्यक्षमा चन्द्रबहादुर भारती,महिला उपाध्यक्षमा लक्ष्मी रोकाय पुन, सचिवमा कृतिबहादुर थापा, सह सचिवमा भिमबहादुर केसी, कोषाध्यक्षमा भूपबहादुर वली निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । १९ सदस्सीय जिल्ला कार्यसमिति निर्वाचित भएको छ ।

यस्तै, लेखापरिक्षण आयोगमा रभराज पुन संयोजक र छत्रबहादुर हमाल सदस्यमा निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधिमा टकेन्द्र रोकाय, पवन थापा, नवराज वली, अन्जना हमाल, वीरबहादुर चन्द र रत्नबहादुर डाँगी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
प्रदेश प्रतिनिधिमा यज्ञबहादुर अधिकारी, भद्रबहादुर शाही, प्रयागदत्त धिताल, कमल ढुंगाना, लक्ष्मी रोकाय वली निर्वाचित भएका छन् ।

















































हाम्रो पहुँच संवाददाता । १३ माघ २०८१, आईतवार