नेतामैत्री नभई विद्यार्थीमैत्री संगठन बनाउन मेरो उम्मेदवारी : जीवन तिरुवा ( अन्तर्वाता)

कसरी तय गर्नुभयो विद्यार्थी राजनीति यात्रा ?
मेरो विद्यार्थी राजनीतिकको सुरुवात गाउँमा समान्तीहरुको चरम हस्तक्षेप,दवाब र सिङ्गो वर्गप्रति उनीहरुले गर्ने विभेदपुर्ण व्यवहारले आक्रान्त भएर म मा राजनीतिक क्रान्तिकारी चेतना पैदा भयो । जस स्वरुप २०६८ सालमा कक्षा ९ अध्ययन गर्दै गर्दा एकाइ कमिटीमा आवद्ध भएर जिल्ला कमिटी सदस्य, जिल्ला सह– सचिव, जिल्ला सचिव, सुर्खेत शिक्षा क्याम्पस स ‒सचिव हुदै हाल काठमाडौ बौद्ध बहुमुखी क्याम्पसको स्ववियू सभापति र संगठनको केन्द्रीय सदस्य छु । अहिले खुल्ला तर्फ कर्णाली प्रदेश बाट सचिवालय सदस्यका लागि उम्मेदवारी दिएको छु ।

उम्मेदवारी किन ?
मेरो उम्मेदवारी नेपाली समाजमा जवर्जस्त ढंगबाट अगाडि बढिरहेको शिक्षामा देखिएको असमान्त र वर्ग विभेदमा बिरुद्धमा रहन्छ । एकाइको कमिटीदेखि अहिलेसम्म विभिन्न जिम्मेवारी, कमिटी र सिङ्गो आन्दोलनमा निरन्तर रुपमा सहभागी भएको छु । आन्दोलन, मुद्दा र एजेन्डाहरुमा पलायन भएको छैन । आफ्नो क्षमता जिम्मेवार र विवेकले भ्याएसम्म म अनवरत रुपमा माओवादी आन्दोलन र क्रान्तिकारी संगठनमा अग्रगामी सिपाइका रुपमा आफुलाई स्थापित गरेको छु । राजनीतिमा कोही नेताहरुको आशिर्वादले भन्दा मैले आफुलाई संघर्ष र कर्मले हरेक जिम्मेवारी पुष्टी गर्छ भन्ने कुरा स्थापित गरेको छु ।

संगठनलाई अघि बढाउने तपाईको योजना ?
अखिल क्रान्तिकारी कोही नेताहरुको दयामायाले भन्दा संघर्ष र आन्दोलन नेता स्थापित हुनुपर्छ भन्ने मान्यता राख्दछु । जसरी माओवादी पार्टीले राजतन्त्रका विरुद्ध नेपालमा महान जनयुद्ध गर्दै गर्दा अखिल क्रान्तिकारी पनि निजी शिक्षाका विरुद्ध जसरी मैदान आन्दोलित भयो उक्त निजी शिक्षा विरुद्धको क्रान्तिकारी संगठनले उठाएको मुद्दा अन्तर्राष्ट्रिय विश्व विद्यालयहरुमा ठुलो बहस भयो । अमेरिकाको अक्सफोर्ड युनिभर्सिटी,लन्डनको क्याम्रीज युनिभर्सिटी, ढाकाको विश्वविद्यालय हुदै भारतको जेनिउ विश्वविद्यालय सम्म उक्त मुद्दा अन्तर्राष्ट्रिय छलफलको बिषय बन्यो ।

शान्ति प्रक्रिया यता निजी शिक्षा विरुद्धको मुद्दा काही कतै अलि पलायन भएको जस्तो देखिन्छ । संसार आज आर्टीफिसियल इन्टेलिजेन्सको प्रयोग गर्दै अगाडि बढिरहेको छ हामी शिक्षा र वर्ग विभेद समाजमा बाँचिरहेका छौ । त्यसकारण हाम्रो आँखा अगाडि देखिएको वर्ग विभेद र असमान शिक्षा प्रणालीलाई धोस्त पारेर अगाडि बढ्ने संगठन निर्माण गर्न एक इट्टा भएपनि थपिन्छ जसले गर्दा संगठनको आगामी कार्यदिशा अझ वैज्ञानिक र जनमुखी वा बिद्यार्थी मुखी बन्न सक्छ । आज संसार एआई प्रयोग विना अगाडि बढ्न सक्दैन हामी भने पुरानै शैलीको संगठनात्मक ढाँचा र प्रणालीमा बाँचिरहेका छौ । पुरानै स्वरूपका आन्दोलनहरु छन् टायर बाल्ने जुलुस निकाल्ने ताला लगाउने तोडफोड गर्ने आदि इत्यादि । अब भने नयाँ डिजिटल र वैज्ञानिक अनुसन्धानमुलक आन्दोलनहरु हुनुपर्छ र संगठनलाई डिजिटलमुखी संगठन बनाउने र क्रान्तिकारी संगठनका वास्तविक विद्यार्थीहरुको वास्तविक अभिभावक बनेर अगाडि बढ्ने वातावरण निर्माण गर्न सकिन्छ यी यस्तो कार्य र गतिविधिले संगठन बलियो र भरलाग्दो हुन्छ ।

तपाईको प्रतिक्रिया