दैलेख । कार्यालयको काम गर्दैगर्दा हृदयघात भएर दैलेखमा एक जना कार्यालय प्रमुखको मृत्यू भएको छ । कार्यालयको काम गरिरहेकै बेला हृदयघात भई कृषि विकास कार्यालय दैलेखका कृषि विकास अधिकृत ५६ वर्षीय राजु भूजको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी सुनिल दाहालले जानकारी दिनुभयो ।
आइतबार दिउँसो कार्यकक्षमा काम गरिरहेकै बेला असहज महसुस भयो गरी कार्यालय भवनमै रहेको निवासमा आफ्नै ओछ्यान ढलेको अवस्थामा मृत फेला परेको कार्यालयका कर्मचारीहरुले बताएका छन् । तत्कालै दैलेख जिल्ला अस्पतालमा पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
कपिलबस्तु स्थायी घर भएका भुलले कृषि विकास कार्यालय दैलेखमा जागिर जाेडिएपछि दैलेखमा विवाह गरी दुल्लू नगरपालिका–७ किर्तिखम्बमा बस्तै आउनुभएको थियो । उहाँका दुई श्रीमतिबाट पाँच छोरी र एक छोरा छन् ।
हाम्रो पहुँच संवाददाता । २८ पुष २०८१, आईतवार