पुरुषको शव फेला

रुकुम पश्चिम ।  रुकुम पश्चिममा एक व्यक्तिको शव फेला परेको छ । बुधबार बिहान आठबिसकोट नगरपालिका १३ भल्ल गाउँ नजिक ठुली भेरी नदी छेउमा एक पुरुषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार नदि छेउमा शव रहेको सूचना पश्चात प्रहरी टोली घटनास्थल पुगेको छ । शवको पहिचान भने हुन सकेको छैन । शरिरमा कपडा नभएको अवस्थामा पुरुषको शव भेटिएको उहाँले जनाउनुभयो ।

प्रहरीले स्थलगत घटनास्थल मुचुल्का तयार गरेर पोष्टमार्टमका लागि जिल्ला असपताल सल्ले ल्याउने तयारी गरेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया