मुल्साममा वर्थिङ्ग सेन्टर, गर्भवती महिलाका चार घण्टा हिड्नुपर्ने बाध्यता हट्यो

May be an image of hospital and text
जाजरकोट । बारेकोट गाउँपालिकाको अति दुर्गम मानिन्छ मुल्साम । वडा नं ३ मा पर्ने यो वस्ती अहिले पनि सडक सञ्जाल सँग जोडिएको छैन् । स्याला र पहाड मुल्साम प्रकृतिका सुन्दर उपहार हुन भन्दा फरक नपर्ला ।

गरिवी, पछौटेपन, अशिक्षा, बरोजगारीले यहाँको सौदर्यतालाई दबाईरहेका छन् । अर्थात फर्कन दिएका छैन् । स्वास्थ्य उपचार नपाएर धेरै नागरिकले अकालमा ज्यान गुमाउनुपरेको छ । गर्भवती महिलाहरु सुत्केरी हुनका लागि चार घण्टा पैदल हिडेर आधारभूत अस्पताल लिम्सा पुग्न बाध्य छन् । त्यही समस्यालाई मध्यनजर गर्दै बारेकोट गाउँपालिकाले मुल्साममा वर्थिङ्ग सेन्टर स्थापना गरेको छ ।

May be an image of 6 people and Saqsaywaman

गर्भवती महिलाहरु पैदल हिड्नुपर्ने बाध्यता, कतिपयले बाटोमै नवजात शिशुको जन्मदिने, आमा र बच्चाको स्वास्थ्य जोखिममा रहेको कुरालाई ख्याल गरी प्रसुतीगृहको स्थापना गरिएको वडा नं. ३ का वडाध्यक्ष रामबहादुर सिंहले बताए । उनले भने, ‘प्रसुती गृहको भवन बनिसकेको छ, अव छिट्टै सेवा सुचारु हुन्छ, महिलाका केही दुःख टर्नेछन् ।’

गाउँमै प्रसुती गृह बनेपछि महिलाहरु खुशी भएका छन् । गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीको चुनावी प्रतिवद्धता समेत थियो । मुल्साममा आधारभूत अस्पताल समेत बनिसकेको छ । अव त्यहाँको स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाई नागरिकमैत्री सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ । अब चार घण्टापैदल हिडेर स्वास्थ्य संस्था हिड्नुुपर्ने बाध्यता हट्नेमा स्थानीय विश्वस्त छन् । अझै त्यहाँको सेवालाई प्रभावकारी बनाउन जुरुरी छ ।

तपाईको प्रतिक्रिया