बारेकोटका सबै भूकम्प पीडित लाभग्राहीको खातामा पठाइयाे दोस्रो किस्ता

बारेकोट गाउँपालिकाको लक्ष्य : सबै घरमा खानेपानी, सुत्केरीलाई निःशुल्क यातायात
जाजरकोट । बारेकोट गाउँपालिका भित्रका सबै भूकम्प पीडित लाभग्राहीको खातामा अस्थायी आवासको दोस्रो किस्ता पठाईएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गाउँपालिका भित्रका सबै भूकम्प पीडित लाभग्राहीको खातामा अस्थायी आवास वापतको दोस्रो किस्ता पठाईएको बताएका हुन् ।

२०८० कार्तिक २७ गते रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले बारेकोटका अधिकांश घरहरु चर्किएका थिए । सरकारले तत्काल निर्माण गर्न सकिने अस्थायी आवास निर्माण गर्न ५० हजार अनुदान दिने निर्णय गरेको थियो । पहिलो किस्तामा २५ हजार र दोस्रो किस्तामा २५ हजार दिने निर्णय गरेको थियो ।

पहिलो किस्ता पाएका बारेकोटका सबै लाभग्राहीको खातामा दोस्रो किस्ता वापतको २५ हजार रुपैयाँ पठाईएको अध्यक्ष गिरीले बताए । बारेकोटमा ५ हजार ५ सय ८६ लाभग्राही कायम भएका छन् । जिल्लाका अन्य पालिकाले दोस्रो वितरण गर्ने कुनै सुरसार गरेको देखिदैन् ।

तपाईको प्रतिक्रिया