शिवालयमा विपद् व्यवस्थापन सम्बन्धी नमुना अभ्यास ( तस्वीरहरू)


जाजरकोट । शिवालय गाउँपालिकामा विपद व्यवस्थापन र उत्थानशिल समुदायका लागि कृत्रिम घटना अभ्यासको कार्यक्रम गरिएको छ । शिवालय गाउँपालिकाका २४ जना युवाहरुका लागि ३ दिने खोज तथा उद्धार तालिम सञ्चालन पश्चात तिनै स्वयंसेवकहरु परिचालन गरेर यो अभ्यासको कार्यक्रम गरिएको हो ।

सहास नेपाल पाइला परियोजना र शिवालय गाउँपालिकाको संयुक्त आयोजना र कर्णाली प्रदेश रेडक्रस सोसाइटीको सहजीकरणमा कार्यक्रम भएको हो । भुगोलको हिसावले शिवालय गाउँपालिकाको बिकट र बिपद जोखिममा रहेको शिवालय गाउँपालिकाको वडा नं ६ टुनिबगरमा भुकम्प र आगलागीका बारेमा केन्द्रित हुँदै कृत्रिम घटना अभ्यास गरिएको हो ।

सिमा ईलाका प्रहरी कार्यालय, प्रहरी चौकि थालाका सुरक्षाकर्मी सहित स्थानीय खोज तथा उद्धारकर्मीहरु,श्वास्थ्यकर्मीहरुको सकृयता कार्यक्रम भएको छ । शिवालय गाउँपालिका वडा नं ३ , ४ , ५ , ६ र ७ का करिव १५० जना समुदायहरुले सो अभ्यास कार्यक्रमको अवलोकन गरेका थिए । विपद्का समयमा कसरी सुरक्षित उद्धार गरी प्राथमिक उपचार सहित स्वास्थ्य संस्थामा लैजाने देखि स्थानीय सरकारका विभिन्न तहको भुमिका के रहने र कसरी सञ्चार गरि राज्यका निकायहरु परिचालन हुन्छन् भन्ने कुरा यस अभ्यासमा प्रदर्शन गरिएको थियो । शिवालय गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरु , बिषयगत शाखा प्रमुख, प्राबिधिक टिम , राजनितिक दलका प्रतिनिधीहरु सहित परिचालन भई यस कृत्रिम घटना अभ्यासलाई विपद् व्यवस्थापनको सिकाई अभ्यासका रुपमा गरिएको थियो ।


यस्ता अभ्यास र सचेतनामुलक कार्यले समुदायलाई विपद् जोखिम बाट सुरक्षित रहन मद्दत पुग्ने र उत्थानशिल समुदाय निर्माणमा टेवा पुग्ने भएकोले हरेक वडाहरुमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता गाउँपालिकाका अध्यक्ष शेर बहादुर शाहीले प्रतिबद्धता व्यक्त गरे । विपद् व्यवस्थापन समितिको क्षमता विकास, प्रतिकार्य सामाग्रीको व्यवस्थापन, कृत्रिम घटना अभ्यास , संकटासन्नता क्षमता विश्लेषणका कामहरुमा सहास नेपाल पाइला परियोजनाले शिवालयमा बिगत ३ बर्ष देखि सहजिकरण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया