पुस १२ गते देखि रमाईलो मेला लाग्ने, स्थानीय देखि राष्ट्रिय कलाकार आउने


जाजरकोट । परम्परागत रुपमा लाग्दै आएको रमाईलो मेला यस बर्ष पुस १२ गते देखि लाग्ने भएको छ । थाप्लेचौरमा परम्परागत रुपमा लाग्दै आएको रमाईलो मेला पुस १२‒१६ गते सम्म लाग्ने भएको हो । मेलाको डाँफे युवा क्लवले व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

थाप्लेचौरको बसपार्कमा लाग्ने मेलामा विभिन्न साँस्कृतिक कार्यक्रम सहित पुरुष भलिबल प्रतियोगिता र कृषि उपज प्रदर्शनीको समेत आयोजना गरिएको क्लवका अध्यक्ष विश्व विक्रम शाहले बताए । मेलाको आकर्षणको रुपमा प्रत्येक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु सहित स्थानीय कलाकारहरुको प्रस्तुति रहने अध्यक्ष शाहको भनाई छ । त्यस्तै विशेष पुरस्कार राशीसहितको जाजरकोट जिल्ला भित्रको अन्तर वडाकप पुरुष भलिबल प्रतियोगिता राखिएको अध्यक्ष शाहले बताए ।

त्यसैगरी मेलामा जिल्लाभित्र उत्पादित बेमौसमी कृषि उपजहरुको प्रदर्शनी समेत गरिने भएको छ । उक्त प्रदर्शनीमा उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गर्नुका साथै स्वैच्छिक रुपमा साँस्कृतिक झाँकीहरु प्रस्तुत गर्ने समुहहरुलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

थाप्लेचौर स्थित त्रिभुवन माविको खेलमैदानमा लाग्दै आएको रमाईलो मेला यस वर्ष विद्यालय भन्दा बाहिर थाप्लेचौर वसपार्कमा लाग्ने भएको हो । विद्यालयमा विद्यार्थीहरुको पढाइ प्रभावित नहोस भनेर नगरपालिकाको निर्णयलाई समेत मध्यनजर गरी बसपार्कमा मेलाको लगाउने तयारी गरिएको आयोजकको भनाई छ ।

राजा विरेन्द्रको जन्मोत्सवको अवसरमा लाग्ने गरेको मेला पछिल्लो समय रमाईलो मेला तथा जाजरकोट महोत्सवको रुपमा समेत मनाउने गरेको पाइन्छ ।

https://www.youtube.com/@LightKhabar

तपाईको प्रतिक्रिया