जाजरकोट । नेपाल पत्रकार महासंघ जाजरकोटको अध्यक्षमा प्रेस यूनियन र प्रेस चौतारी प्यानलका साझा उम्मेदवार सुरेन्द्र बहादुर सिंह निर्वाचित भएका छन् । जम्मा खसेको ३७ मत मध्ये सिंहले २१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी प्रेस सेन्टर नेपालका उम्मेदवार दीपबहादुर घर्तीले १६ मत प्राप्त गरेका छन् ।
यस्तै, उपाध्यक्षमा सोही प्यानलका विनोद कुमार घर्तीले अत्याधिक २७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी प्रेस सेन्टरका उम्मेदवार युद्धजीत शर्माले १० मत प्राप्त गरेका छन् ।
सचिवमा प्रेस यूनियन र प्रेस चौतारी प्यानलका साझा उम्मेदवार रेशम बहादुर खड्काले २५ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिस्पर्धी कालीबहादुर नेपालीले १० मत प्राप्त गरी पराजित भएका छन् । अन्य सबै पदाधिकारीमा प्रेस यूनियन र प्रेस चौतारी प्यानलका उम्मेदवार विजयी भएका छन् ।
हाम्रो पहुँच संवाददाता । २८ मंसिर २०८१, शुक्रबार