जाजरकोटमा जीप दुर्घटना पाँच जनाको मृत्यु

                                                                           file photo
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको कालीमाटीबाट करुवा जाँदै गरेको बोलेरो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
ग ३ च ९४४५ नम्बरको कालीमाटीबाट करुवा जाँदै गरेको बोलेरो नलगाड नगरपालिकाको बिरखोलामा हिजो राति दुर्घटना भएको हो ।

दुर्घटना परेर नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक द्वन्द्रजित थापा, ६५ वर्षीय शिला पुन, ३३ वर्षीय सारदा थापा , १८ बर्षीय लक्ष्मी पुन रोका र उनकी नाबालक छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जाजरकोटले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार घाइते मध्य एक जनाको उपचार भइरहेको र एक जनालाई डिस्चार्ज गरिएको छ ।

तपाईको प्रतिक्रिया