जाजरकोट । मंसिर २८ गते पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन हुदैछ । केन्द्रदेखि जिल्ला तहमा एकसाथ हुने निर्वाचनको सरमर्गी बढिरहेको छ । यस्तै, जाजरकोटमा अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ । प्रेस चौतारी र प्रेस यूनियनको संयूक्त प्यानल बाट सुरेन्द्रबहादुर सिंह र प्रेस सेन्टरको तर्फ बाट दीपबहादुर घर्तीले उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै, उपाध्यक्षमा विनोद कुमार घर्ती र युद्धजीत शर्माले उम्मेदवारी दर्ता गरेका छन् भने उपाध्यक्ष समावेशी महिलातर्फ निर्मला थापा र सुरिता बस्नेतले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत हेमन्त केसीले जानकारी दिए । सचिवमा कालीबहादुर नेपाली र रेशमबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् । सह सचिवमा लोकेन्द्र शर्मा र शुशील रावलले उम्मेदवारी दर्ता गरेको अधिकृत केसीले बताए ।
कस्को केमा उम्मेदवारी ?
हाम्रो पहुँच संवाददाता । २६ मंसिर २०८१, बुधबार